इटालीमा पैदल यात्रीमाथि कारले ठक्कर दिँदा ८ जना घाइते

एजेन्सी, ३ जेठ । उत्तरी इटालीको मोडेना शहरमा एक व्यक्तिले आफ्नो कार पैदल यात्रीहरूको भीडमा लगेर ठक्कर दिँदा ८ जना घाइते भएका छन् ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको  स्थानीय अधिकारीहरूले बताएका छन् । घाइतेमध्ये एक महिलाको दुवै खुट्टा किचिएको बताइएको छ । घटना लगत्तै स्थानीय मानिसहरूले करिब ३० वर्षका ती चालकलाई लखेटेर पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले यस घटनालाई अत्यन्त गम्भीर घटनको रूपमा वर्णन गरेकी छिन् । सहरका मेयर मासिमो मेजेतीले यदि यो पूर्वनियोजित आक्रमण भएको प्रमाणित भएमा यो अझ गम्भीर हुने बताएका छन् ।

घटना स्थानीय समयअनुसार दिउँसो ४ः३० बजे मोडेना शहरको केन्द्रमा भएको थियो । एक प्रत्यक्षदर्शीले भने, ‘हामीले कार नजिक आइरहेको देख्यौँ, त्यो फुटपाथतिर सोझिएको थियो ।’ ‘अचानक त्यसले गति बढायो कम्तिमा १०० किलोमिटर प्रतिघण्टाको गतिमा थियो,’ ती प्रत्यक्षदर्शीले इटालियन मिडियालाई भने, ‘हामीले मानिसहरू हावामा उडेको देख्यौँ ।’ मोडेनाका मेयरका अनुसार, चालकले ‘जानाजान फुटपाथमा गाडी चलाएको, धेरै मानिसहरूलाई ठक्कर दिएको र एउटा पसलको सिसामा ठोक्काएको’ देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय