गजल

के छ तिम्रो मनभित्र मलाइ थाहा छैन,
कस्तो होला चरित्र मलाइ थहा छैन ।

यत्ती बुझे हुन्छ कि म तिमिलाइ प्रेम गर्छु,
अरु के गर्नु पर्छ बिचित्र मलाइ थाहा छैन।

प्रेमको मन्दिरमा सम्बन्धको पर्दा टाँगिसके,
तर कुन चल्छ चलचित्र मलाइ थाहा छैन ।

एउटा फुल हौ तिमी जसमा भमरा पुग्या छैन,
अरे के लाई भन्छन पबित्र मलाइ थाहा छैन।

सँगै जिउने हर मुटु मुटु सँग मिल्नु पर्छ,
तर किन हेर्छन रासी नक्षेत्र मलाइ थाहा छैन ।

दीपक धमला “दिपु “

सिद्धिचरण नगरपालिका – १० ओखलढुंगा

हाल, सानोठिमी

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी