फिल्म ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा

काठमाडौँ, २ जेठ । प्रवेश पौडेलको निर्देशनमा फिल्म ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा गरिएको छ ।

साउनबाट सिनेमाको छायांकन सुरु हुनेछ । नेपालसँगै युरोप र अस्ट्रेलियामा समेत सिनेमाको छायांकन हुने निर्माण टिमले जानकारी दिएको छ ।

फिल्मको मुख्य भूमिकामा अभिनेता कबिर खड्का देखिनेछन् । उनको अपोजिटमा अभिनय गर्ने दुई अभिनेत्रीको खोजी भइरहेको निर्देशक पौडेलले बताए । 

सितारा फिल्मस् र कबिर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमालाई सुरेन्द्र रावलले निर्माण गर्नेछन् । यो फिल्ममा शरद महतोको डीओपी रहनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित