युएईद्वारा इरानी दाबीको खण्डन

एजेन्सी, २ जेठ । संयुक्त अरब इमिरेट्स (युएई) ले शुक्रबार इरानमाथिको आक्रमणलाई न्यायोचित ठहराउने प्रयास स्वरूप युद्धमा युएईको संलग्नता रहेको भन्ने दाबीलाई खण्डन गरेको छ ।

विदेश मन्त्री खलिफा बिन शाहीन अल मरारले ‘युएईले इरानी दाबीलाई स्पष्ट रूपमा अस्वीकार गरेको’ पुष्टि गर्दै भने, “यो त केवल युएई र अन्य राष्ट्रहरूलाई लक्षित गरी इरानले गरेको ‘आतङ्कवादी’ आक्रमण थियो ।”

इरानका विदेश मन्त्री अब्बास अराघचीले टेलिग्राम पोस्टमा भनेका छन्, “युएई यस आक्रमणमा सक्रिय साझेदार हो र यसमा कुनै शङ्का छैन।”

इरानको सरकारी समाचार समिति इर्नाले जारी गरेको एक बयानमा अराघचीले भनेका छन् , “इजरायली शासन र संयुक्त राज्य अमेरिकाले उनीहरूको सुरक्षाको सुनिश्चितता गर्न सक्दैनन् र अबु धाबीले आफ्नो भूमिमा अमेरिकी शिविरहरूको उपस्थितिको परिणाम भोगेको छ।”

युएईले भनेको छ, “इरानले ‘बारम्बार र अनुचित आतङ्कवादी आक्रमण’ गरेको छ, जसमा ब्यालेस्टिक र क्रुज क्षेप्यास्त्र तथा ड्रोनबाट करिब तीन हजार आक्रमणहरू भएका छन् ।” “कुनै पनि खतरा, दाबी वा शत्रुतापूर्ण कार्यको सामना गर्न युएईसँग आफ्नो सबै सार्वभौम, कानुनी, कूटनीतिक र सैन्य अधिकार सुरक्षित छ,” मरारलाई उद्धृत गर्दै समाचारमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय