राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकले गर्यो पाँच निर्णय (सूचीसहित)

काडमाडौँ, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक जेठ २८ र २९ गते काठमाडौंमा बस्ने भएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको हो ।

हालै सम्पन्न निर्वाचनका सम्बन्धमा राप्रपा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङद्वारा प्रस्तुत सातै प्रदेशको समीक्षा बैठकको सुझावसहितको प्रतिवेदनलाई परिमार्जनसहित आगामी कार्यसम्पादन बैठकमा र त्यसपछि केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने निर्णय भएको छ ।

यस्तै, निर्वाचनका कारण रोकिएको जिल्ला, स्थानीय र सबै तहको अधिवेशन पुनः सुचारु गर्ने निर्णय पनि भएको छ । सबै स्थानीय तह, क्षेत्र, प्रदेशसभा क्षेत्र, जिल्ला एवं प्रदेशको अधिवेशनमा जुट्न पार्टी पंक्तिलाई राप्रपाले आह्वान गरेको छ ।

पार्टीको आगामी महाधिवेशन मिति निर्धारण एवं तालिका निर्माणको जिम्मेवारी उपाध्यक्ष हेमजङ गुरुङ, महामन्त्री डा. धवलशमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाललाई दिइएको छ ।

संविधान संशोधनका लागि बहसपत्र निर्माण कार्यदलले पार्टीसँग माग गरेको सुझावका लागि पार्टीका सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी प्रदान गरिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काडमाडौँ, १ जेठ । एन आई सी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको

काडमाडौँ, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक जेठ २८ र २९ गते काठमाडौंमा बस्ने भएको छ ।

काडमाडौँ, १ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित

काठमाडौँ, १ जेठ । विद्यार्थी दिवसको अवसर पारेर संयुक्त विद्यार्थी सङ्गठनले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध गरौँ’ भन्ने नारासहित शुक्रबार काठमाडौँमा मार्चपास गरेको