घट्यो सुनको मूल्य

काठमाडौँ, १ जेठ । बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ । बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ९१५ रुपैयाँ कायम भएको छ, जुन हिजो २ लाख ५९ हजार ३४५ रुपैयाँ थियो ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी आज प्रतितोला ३५५ रुपैयाँले घटेर ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ७४५ रुपैयाँ रहेको थियो । यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार ६२१ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । बजारमा पुदिनाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज पुदिनाको

काठमाडौँ, ११ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ४

काठमाडौँ, ११ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । जसअनुसार अमेरिकी