आजबाट हलमा ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’

काठमाडौँ, १ जेठ । फ्राइडे रिलिजअन्तर्गत आजबाट दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ आजबाट प्रदर्शनमा आएका हुन् । 

‘एक मुठ्ठी बादल’मा आँचल शर्मा मुख्य भूमिकामा छिन् । ‘लाइफ ड्यामेज’मा सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । 

‘एक मुठ्ठी बादल’लाई साहारा शर्माले निर्देशन गरेकी छन् भने ‘लाइफ ड्यामेज’लाई निमेष श्रेष्ठले निर्देशन गरेका छन् । यी दुवै चलचित्रको मुख्य भूमिकामा महिला कलाकार छन् । 

‘एक मुठ्ठी बादल’मा आँचलसँगै निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौलालगायतको अभिनय छ । 

सिनेमामा लिन्ह डान गुयेन फानको छायांकन र गौरव मल्लिकको सम्पादन छ । 

‘फेन्टासी कमेडी ड्रामा’ ‘लाइफ ड्यामेज’मा सुरक्षासँग निमेष श्रेष्ठ, ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिशजंग थापा, अजय पन्त, निरू खड्कालगायतको अभिनय छ । 

कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठले यो चलचित्रलाई निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काडमाडौँ, १ जेठ । एन आई सी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको

काडमाडौँ, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक जेठ २८ र २९ गते काठमाडौंमा बस्ने भएको छ ।

काडमाडौँ, १ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित

काठमाडौँ, १ जेठ । विद्यार्थी दिवसको अवसर पारेर संयुक्त विद्यार्थी सङ्गठनले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध गरौँ’ भन्ने नारासहित शुक्रबार काठमाडौँमा मार्चपास गरेको