काठमाडौँबाट ९ लाख बढीको धनमाल चोरी

काठमाडौँ, ३१ बैशाख । काठमाडौँबाट ९ लाख बढीको धनमाल चोरी भएको छ । 

काठमाडौँको तारकेश्वर नगरपालिका–८ लामबगर भेटघाट चोकमा डेरा गरी बस्ने राजकुमार खड्कासहित दुई जनाको कोठाबाट बुधबार दिउँसो सुनका गरगहना चोरी भएको हो । धादिङ घर भएका खड्काको कोठाबाट करिब ३ लाख ९२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीको अर्को घटना पनि तारकेश्वर नगरपालिका–८ मै भएको छ। नेपालटार डाडागाउँ बस्ने नुवाकोटकी ३९ वर्षीया निशा राईको कोठाबाट बुधबार बिहान सुनको गहना र नगद गरी करिब १ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौँका यी दुई स्थानबाट मात्रै करिब ५ लाख ७३ हजारको धनमाल चोरी भएको छ ।

सो घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । राष्ट्रिय युवा संघ नेपालले राष्ट्रिय वृक्षारोपण दिवस तथा ७५औँ मदन जयन्तीको अवसरमा सञ्चालन गर्ने एकमहिने बृहत्

काठमाडौँ, १४ असार । नेकपाका नेता झलनाथ खनालले कम्युनिस्ट एकताको विकल्प नभएको बताएका छन् । आज जननेता मदन भण्डारीको ७५

काठमाडौँ, १४ असार । मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान प्रदान

काठमाडौँ, १४ असार । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आज बसेको संसद बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको