‘परालको आगो’ले गर्यो ४ करोड ग्रस कलेक्सन

काठमाडौँ, ३१ बैशाख । गायक तथा अभिनेता प्रकाश सपूतको फिल्म ‘परालको आगो’ले १ लाख ४३ हजार ७२४ दर्शक तान्दै ४ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार ‘परालको आगो’ले विराज भट्टको फिल्म ‘राम नाम सत्य’लई पछि पारेको छ ।

कमाइ र दर्शक संख्या दुबैमा सपुतको फिल्म अगाडि देखिएको छ । यता विराज भट्टको कमब्याक फिल्मका रूपमा हेरिएको ‘राम नाम सत्य’ले भने १ लाख २२ हजार ४०८ दर्शकबाट करिब ३ करोड ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको तथ्यांक सार्वजनिक भएको छ।

‘परालको आगो’ ग्रामीण परिवेश, सामाजिक यथार्थ र भावनात्मक कथामा आधारित फिल्म हो । फिल्ममा प्रकाश सपुतको अभिनयलाई दर्शकले निकै रुचाएका छन्। सामाजिक सञ्जालमा पनि फिल्मबारे सकारात्मक प्रतिक्रिया देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ बैशाख । गायक तथा अभिनेता प्रकाश सपूतको फिल्म ‘परालको आगो’ले १ लाख ४३ हजार ७२४ दर्शक तान्दै ४

काठमाडौँ, ३१ बैशाख । सरकारले नीति तथा कार्यक्रममा समेटेको संविधन संशोधन बहसपत्र निर्माण गर्ने विषयमा नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले आफ्नो

काठमाडौँ, ३१ बैशाख । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाजमिन र भौतिक पूर्वाधार सुरक्षा

काठमाडौँ, ३१ बैशाख । फिफाले पहिलो पटक विश्वकप फाइनलमा हाफटाइम शो आयोजना गर्न लाग्दा उक्त कार्यक्रममा विश्वप्रसिद्ध कलाकारहरू शाकिरा, म्याडोना