काठमाडौँ, ३१ बैशाख । सरकारले नीति तथा कार्यक्रममा समेटेको संविधन संशोधन बहसपत्र निर्माण गर्ने विषयमा नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले आफ्नो प्रस्ताव दर्ज गरेका छन् ।
आज बसेको प्रतिनिधिसधा बैठकमा उनले संशोधन प्रतिगमन वा उपलब्धिबाट पछि हट्नका निम्ति हुन नहुनेमा जोड दिए ।
उनले भने, “संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छ, न कि प्रतिगमनका लागि । जनताले पाएको अधिकारको कसीमा संशोधनको विषय अघि बढ्नुपर्छ । यो अक्षरहरूको संग्रह होइन, यो त रगत र पसिनाले लेखिएको राष्ट्रिय दस्ताबेज हो,” “यसले आमनेपालीलाई भावनात्मक रूपमा बाँधेको छ । त्यो बन्धन टुट्ने होइन, अझ कसिलो बनाउने गरी संविधन संशोधन हुनुपर्छ ।”
उनले हरेक प्रदेशका स्थानीयले अपनत्व ग्रहण र गौरव गर्ने बनाउन संविधान संशोधन गरिनुपर्ने बताए । उनले भने, “मधेसले आफ्नो पहिचान र सम्मान संविधानभित्रै भेट्न सकोस्, कर्णालीले काठमाडौँबाट टाढा भएको महसुस गर्नु नपरोस्,” “सुदूरपश्चिमले आफूलाई दूर होइन, काठमाडौंैसँगसँगै महसुस गर्न सकोस् ।”






