भारतको उत्तर प्रदेशमा शक्तिशाली आँधीका कारण ५६ जनाको मृत्यु

एजेन्सी, ३१ बैशाख । भारतको  उत्तर प्रदेशमा गए राति आएको ठूलो आँधी र वर्षाका कारण ५६ जनाको ज्यान गएको छ  । दर्जनौँ मानिस घाइते भएका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार सबैभन्दा बढी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ । तीव्र गतिको हावाहुरीका कारण सयौँ रूखहरू र बिजुलीका पोलहरू ढलेका छन् भने कच्ची घरहरू भत्किएका छन् ।  

अधिकांश ज्यान घरको पर्खाल भत्केर वा रूखले च्यापिएर भएको हो । आँधीका कारण मानिसका साथै पशु चौपायाको पनि ठूलो क्षति भएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । 

तत्काल आर्थिक सहायता रकम उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिनुभएको छ  । आँधीका कारण धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ र राहत तथा उद्धार कार्य जारी छ । 

मृतकको संख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय