मेरो माग पूरा भयो, सरकारलाई दीर्घायुको कामना : संसाद पुन

काठमाडौँ, ३१ बैशाख । प्रतिनिधिसभा सदस्य महावीर पुनले आफूले लामो समयदेखि उठाएको माग पूरा भएको बताएका छन् ।

२ दिन अघि संसदमा बोलेको र तीन हप्ता अगाडि प्रधानमन्त्रीलाई बुझाएको लिखित माग पूरा भएको उनले उल्लेख गरेका छन् । 

उनले भनेका छन्, ‘मैले लामो समय देखि गरेको माग पुरा भयो । दुई दिन अगाडी मैले संसदमा राखेको मागको भिडियो ता देख्नु नै भयो होला। त्यो भन्दा तीन हप्ता अगाडी मैले प्रधानमन्त्री ज्यूलाई बुझाएको लिखित माग पनि हेर्नु होला। अव सो विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई दक्षताका साथ कसरी चलाउने भन्ने आइडिया भएका जान्ने सुन्ने देशभक्त वैज्ञानिकहरू र अनुसन्धानकर्ताहरू छलफल गर्न आउनुहोस् भन्ने अनुरोध गर्दछु । नेपाल सरकारलाई धेरै धेरै धन्यवाद तथा दीर्घायुको कामना गर्दछु। साथै मैले रिसको झोँकमा नेताहरूलाई दिएको श्राप पनि फिर्ता गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ बैशाख । गायक तथा अभिनेता प्रकाश सपूतको फिल्म ‘परालको आगो’ले १ लाख ४३ हजार ७२४ दर्शक तान्दै ४

काठमाडौँ, ३१ बैशाख । सरकारले नीति तथा कार्यक्रममा समेटेको संविधन संशोधन बहसपत्र निर्माण गर्ने विषयमा नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले आफ्नो

काठमाडौँ, ३१ बैशाख । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाजमिन र भौतिक पूर्वाधार सुरक्षा

काठमाडौँ, ३१ बैशाख । फिफाले पहिलो पटक विश्वकप फाइनलमा हाफटाइम शो आयोजना गर्न लाग्दा उक्त कार्यक्रममा विश्वप्रसिद्ध कलाकारहरू शाकिरा, म्याडोना