संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम

काठमाडौँ, ३१ बैशाख । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले सङ्घीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम निर्णय गरेको छ । 

 ‘नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको हो । सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत् राखेको छ । 

हुन् १८ मन्त्रालय :-

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

२. अर्थ मन्त्रालय

३. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

४. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय 

५. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

६. कृषि, वन तथा पर्यावरण मन्त्रालय

७. गृह मन्त्रालय

८. परराष्ट्र मन्त्रालय 

९. पूर्वाधार विकास मन्त्रालय

१०. भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

११. महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय

१२. युवा, श्रम तथा रोजगार मन्त्रालय

१३. रक्षा मन्त्रालय

१४. विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय 

१५. शिक्षा तथा खेलकुद मन्त्रालय

१६. सूचना तथा सञ्चार मन्त्रालय 

१७. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

१८. स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको गेटामा अवस्थित दशरथ चन्द

काठमाडौँ, १० साउन । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले

काठमाडौँ, १० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ६