मोदीले घटाए आफ्नो सुरक्षामा खटिने गाडीको संख्या

एजेन्सी, ३० बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सुरक्षामा खटिने गाडीको संख्या घटाएका छन् ।

मोदीले आफ्नो सुरक्षा सवारी काफिलामा प्रयोग हुने गाडीको संख्या घटाएको भारतीय समाचार एजेन्सी एएनआई र पीटीआईले बुधबार जनाएका छन् ।

मध्यपूर्व संकटका कारण विश्वव्यापी आपूर्तिमा भएको अवरोधपछि मोदीले गत आइतबार भारतीय जनतालाई इन्धन बचत गर्न सार्वजनिक यातायात प्रयोग गर्न, ‘कारपुलिङ’ अपनाउन तथा मितव्ययी जीवनशैली अवलम्बन गर्न सातबुँदे अपिल गरेका थिए ।

उक्त अपिलपछि मोदीले आफ्नै सवारी काफिलामा कटौती गरेको बताइएको छ । यद्यपि, प्रधानमन्त्रीको यस मितव्ययिता अभियानमाथि आलोचकहरूले प्रश्न उठाएका छन् । उनीहरूका अनुसार, आम नागरिकलाई पेट्रोल र डिजेल बचत गर्न आग्रह गरे पनि मोदीले त्यसपछि पनि ‘रोड शो’ कार्यक्रमहरू जारी राखेका थिए ।

बुधबार एएनआई र पीटीआईले सरकारी स्रोतहरूलाई उद्धृत गर्दै मोदीका हालैका आन्तरिक भ्रमणहरूमा सवारी लस्करको आकार घटाइएको उल्लेख गरेका छन् । हैदराबादमा आइतबार दिएको भाषणपछि गुजरात र असममा भएका कार्यक्रमहरूमा मोदीको सवारी काफिलामा कटौती गरिएको पीटीआईले जनाएको छ ।

पीटीआईका अनुसार मोदीले नयाँ सवारीसाधन खरिद नगरी सम्भव भएसम्म आफ्नो काफिलामा विद्युतीय सवारीसाधन समावेश गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक सुविधाहरू सहित ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ।  आजदेखि

काठमाडौँ, १२ साउन । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १२ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखा

काठमाडौँ, १२ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ