३९ अंकले घट्यो नेप्से

काठमाडौँ, २९ बैशाख । परिसूचक नेप्से आज ३९.४४ अंक (१.४१ प्रतिशत) घटेको छ । नेप्से २७४४ अंकमा अडिएको छ । अघिल्लो दिन नेप्से परिसूचक ३८.१९ अंक (१.३९ प्रतिशत) बढेको थियो ।

अघिल्लो दिन मात्रै सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रममा पूँजीबजारका केही विषय पनि समेटिएका छन् । तर कार्यान्वयन पक्ष सधै कमजोर रहँदै आएकाले कागजमा लेखिएका नीति तथा कार्यक्रमले लगानीकर्ताको विश्वास जित्न सकेन ।

नीति तथा कार्यक्रमले यसअघि नै समेटिँदै आएका विषय दोहोर्‍याएको छ । गैरआवासीय नेपालीलाई बजारमा सहभागी गराइने, नेप्सेको पुनर्संरचना गरिने, बन्ड बजारको विस्तार गरिनेजस्ता विषय विगतमा पनि नीति तथा कार्यक्रम र बजेटमा समेत पर्दै आएका थिए । तर कार्यान्वयन प्रक्रिया अझै अनिश्चित छ ।

घटेको बजारमा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६६ करोडको भयो । जम्मा १३ कम्पनीको मूल्य बढेको छ भने २५१ को घटेको छ । त्यस्तै ५ कम्पनीको मूल्य भने स्थिर रह्यो । सबैजसो समूहका सूचक घटेका छन् । चार समूहका सूचक २ प्रतिशतभन्दा धेरै घटे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । प्रतिनिधि सभा बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू

काठमाडौँ, १२ जेठ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णहरि बुढाथोकीले आइतबार र शनिबार बिदा दिने निर्णयमा तत्काल

काठमाडौँ, १२ जेठ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा

काठमाडौँ, १२ जेठ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेच सम्मेलनको आयोजना गर्न सुझाव दिएका छन्