पछिल्लो २४ घण्टामा लेबनानमा इजरायली आक्रमणमा ५१ जनाको मृत्यु

एजेन्सी, २८ बैशाख । लेबनानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भएका इजरायली आक्रमणहरूमा दुई स्वास्थ्यकर्मीसहित ५१ जनाको ज्यान गएको जनाएको छ । 

इजरायली सेनाले अन्तर्राष्ट्रिय कानुन र मानवीय मापदण्डको उल्लङ्घन गर्दै प्यारामेडिकहरूलाई लक्षित गरी बिन्त जुबेल जिल्लाको कलाविया र तिबनिनमा रहेका स्वास्थ्य केन्द्रहरूमा दुईवटा हवाई आक्रमण गरेको मन्त्रालयले बताएको हो।

संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम तेस्रो हप्तामा प्रवेश गरे पनि हिंसा रोकिएको छैन। गत मार्च २ मा इजरायली सेनाले नयाँ सैन्य अभियान सुरु गरेयता लेबनानभर २ हजार ८ सय ४६ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्याङ्क छ। संयुक्त राष्ट्रसंघका अनुसार यस अवधिमा भएका १ सय ३० भन्दा बढी इजरायली आक्रमणमा कम्तीमा १ सय ३ लेबनानी स्वास्थ्यकर्मी मारिएका छन् भने २ सय ३० जना घाइते भएका छन्।

दक्षिण लेबनानको टायरमा रहेका लेबनानी नागरिक रक्षाका प्रमुख अली सफिउद्दीनले आफूहरू हरेक सेकेन्ड र हरेक दिन खतरामा रहेको बताएका छन्। उनले आफूहरू बाँच्ने हो कि मर्ने भन्ने कुरा सधैँ मनमा खेलिरहने र यहाँ काम गर्नुको अर्थ जीवन त्यागिसकेको जस्तो लाग्ने पीडा व्यक्त गरेका छन्। उनले आफ्ना धेरै साथीहरू गुमाइसकेकाले आफूहरू पनि मरिसकेको जस्तो महसुस हुने बताएका छन्।

इजरायली आक्रमणका कारण मार्च २ यता १२ लाखभन्दा बढी लेबनानीहरू विस्थापित भएका छन्। अप्रिल १६ देखि युद्धविराम लागू भएको भनिए पनि त्यसयता आक्रमणको सङ्ख्या झन् बढ्दै गएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । मङ्गलवारबाट अर्थ मन्त्रालयले

काठमाडौँ, १३ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। मङ्गलवारबाट अर्थ मन्त्रालयले सुरु

काठमाडौँ, १३ साउन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ ।  Exchange Rate