राजेश हमालद्वारा पानीको महत्त्व बुझ्न र यसको संरक्षण गर्न आग्रह

काठमाडौँ, २७ बैशाख । नेपाली चलचित्रका महानायक राजेश हमालले मानव जीवनका लागि पानी सबैभन्दा महत्त्वपूर्ण आधार भएको बताउँदै यसको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह गरेका छन् ।

वरिष्ठ लोक गायक बम बहादुर कार्कीको नयाँ साङ्गीतिक सिर्जना ‘म हुँ पानी’ को सार्वजनिक कार्यक्रममा बोल्दै हमालले पानीको मूल्य र यसको मानवीय अस्तित्वसँगको सम्बन्धबारे विभिन्न धारणा राखेका थिए ।

उनले भने, ‘मानव जीवनका तीन आधारभूत आवश्यकताहरू पानी, हावा र खाद्यान्न हो’, ‘जबसम्म यी कुराहरू सहज रूपमा उपलब्ध हुन्छन्, हामीलाई यसको खासै महत्त्व हुँदैन र हामी भौतिक सुख सुविधाको पछि दौडिन्छौँ । तर जब यी आधारभूत कुराहरूको अभाव हुन थाल्छ, तब अन्य कुनै पनि वस्तुको अर्थ रहँदैन ।’

हाम्रो शरीरको ७५ देखि ८० प्रतिशत हिस्सा पानीले नै बनेको उल्लेख गर्दै हमालले पानीको संरक्षण गर्नु हरेक नागरिकको कर्तव्य भएको बताए । उनले भने, ‘पानी त हो नि भनेर यसलाई हेलचेक्र्याइँ नगरौँ, यो अत्यन्तै अमूल्य चिज हो । यसको उचित प्रयोग र संरक्षण गरौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्