काठमाडौँ, २६ बैशाख । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन सुरु गरेको छ ।
देशैभरका ६ हजार ७ सय ४३ वटै वडाहरूमा उत्साहपूर्वक भइरहेको यो कार्यलाई थप व्यवस्थित बनाउन पार्टीले आफ्ना क्रियाशील सदस्यहरूलाई आधिकारिक मोबाइल नम्बर सूचीकृत गराउन आग्रह गरेको हो ।





