ट्रम्पद्वारा रुस र युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा

एजेन्सी, २६ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिनका लागि युद्धविरामको घोषणा गरेका छन्  ।

यो युद्धविराम आजदेखि पर्सिसम्म रहने र यसमा दुई देश सहमत भएको ट्रम्पले जनाएको छन्  । युद्धविरामको अवधिमा दुई देशबीच हजार कैदी आदानप्रदान गरिने पनि उनले जानकारी दिएका हुन् । 

ट्रम्पले ट्रुथ सोसलमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम यो घोषणा गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् । आफ्नो अनुरोध स्वीकार गरेकामा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभार व्यक्त गरेका छन्  । 

यसबीचमा अमेरिका र इरानबीच भने हर्मुज जलमार्ग क्षेत्रमा तनाव बढेको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको दाबी गरेका छन्  । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्