नेप्से परिसूचकमा २७.४९ अंकको वृद्धि

काठमाडौँ, २५ बैशाख । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक सुधार देखिएको छ ।

साताभर प्रायः ओरालो र कहिले सामान्य वृद्धि भएको सेयर बजार शुक्रबार भने दोहोरो अंकमा वृद्धि भएको छ । 

यसदिन नेप्से परिसूचक २७.४९ अंक (१.०१ प्रतिशत)ले बढेर २,७४५.६५ विन्दुमा बन्द भएको छ । यससँगै, समूहगत रूपमा सबै उपसमूह बढेर हरियाली देखियो । 

यस दिन बजारमा कुल ३३५ कम्पनीको ७४ लाख ६२ हजार ६३ कित्ता सेयर ५२ हजार ८६६ पटक कारोबार भयो । शुक्रबार तीन अर्ब २७ करोड ७५ लाख ९ हजार ३३४ रुपैयाँबराबरको कारोबार भएको छ । आजको कारोबारमा २३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी आठ कम्पनीको मूल्य स्थिर छ ।

आज त्रिशूली जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात् १० प्रतिशत नाफा कमाएका छन् भने होटेल फरेष्ट कम्पनीको मूल्य ७.९० प्रतिशत र सूर्यकुण्ड हाइड्रोपावरको ५.८५ प्रतिशतले वृद्धि भएको छ । अर्कोतर्फ, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै ६.५४ प्रतिशत गुमाएका छन् । यस्तै, ग्लोबल आईएमइ समुन्नत योजना–२ (–२.६२ प्रतिशत) र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त (–२.४७ प्रतिशत)को मूल्यमा पनि गिरावट आएको छ  । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, १२ जेठ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको बैठकले पूर्वसमझदारी अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ

काठमाडौँ, १२ जेठ । सरकार गठनको करिब दुई महिना पुग्न लाग्दा अर्का एक उच्चस्तरीय अमेरिकी अधिकारीले नेपाल भ्रमण गर्ने भएका

काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज नेपालस्थित युरोपेली संघ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त

भक्तपुर, ११ जेठ । चाँगुनारायण नगरपालिका वडा नं. ४ मा वडा स्तरीय सार्वजनिक सुनुवाई तथा चारवर्षे प्रगति समिक्षा कार्यक्रम सम्पन्न