आजबाट हलमा तीनवटा नेपाली चलचित्र प्रदर्शनमा

काठमाडौँ, २५ बैशाख । आजबाट तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ।

फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘लालीबजार’, ‘मालतीको मंगले’ र ‘गुरुआमा’ एक साथ प्रदर्शनमा आएका हुन् ।

‘लालीबजार’मा स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन् । ‘मालतीको मंगले’मा विजय बराल र वर्षा राउत मुख्य भूमिकामा छन् । ‘गुरुआमा’मा मिथिला शर्मा केन्द्रिय चरित्रमा छिन् । 

‘लालीबजार’ वैशाख १८ गतेबाट प्रदर्शनमा आउने तयारी भए पनि अदालतमा रिट परेपछि यसको प्रदर्शन धकेलिएर आज आइपुगेको हो । 

आजैबाट ‘मालतीको मंगले’ पनि प्रदर्शनमा आएको छ । चलचित्र ‘मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गरेका छन् । निर्देशक पाण्डेय स्वयंले यो चलचित्रको कथा रहेको छ । पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका हुन् ।

चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरीलगायत कलाकारको अभिनय छ । निर्मातामा गायकसमेत रहेका रामकृष्ण ढकाल छन् ।

चलचित्र ‘गुरुआमा’ पनि आजैबाट प्रदर्शनमा आएको छ । यो चलचित्रलाई प्रेम सोनी सुनारले निर्देशन गरेका छन् ।

मिथिला शर्मा र बुद्धि तामाङ यो सिनेमाको मुख्य भूमिकामा छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।