पार्टीका सदस्यलाई वैचारिक रूपमा सशक्त बनाउनुपर्छ: सभापति थापा

काठमाडौँ, २३ बैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको प्रशिक्षण प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै पार्टीका सदस्यहरूलाई वैचारिक रूपमा सशक्त बनाउनुपर्ने बताएका छन् ।

बुधबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले पार्टीबाट राज्यका विभिन्न जिम्मेवारी र पदमा जान चाहने नेता तथा कार्यकर्तालाई दक्ष र सक्षम बनाउन विशेष नेतृत्व विकास कार्यक्रम ल्याउन निर्देशन दिए । अहिलेको महँगी लगायतका जनसरोकारका विषयमा सरकारको विरोध मात्र गरेर नहुने भन्दै थापाले समस्या समाधानका लागि के-कस्ता विकल्पहरू हुन सक्छन् भन्नेबारे ठोस नीतिगत कार्य गर्न प्रतिष्ठानलाई सुझाए ।

केन्द्रीय समितिबाट यसको कार्यशर्त (टीओआर) समेत पारित भइसकेको जानकारी दिँदै उनले राजकीय जिम्मेवारी सम्हाल्न इच्छुक साथीहरूलाई पहिल्यैदेखि प्रशिक्षित र तयार पर्नु आवश्यक रहेको बताए । पार्टीमा ठूलो संख्यामा नयाँ सदस्यहरू आबद्ध भइरहेको सन्दर्भ उल्लेख गर्दै उनले ती नयाँ पुस्तालाई कांग्रेसको इतिहास, विचार, सिद्धान्त र मूल्य-मान्यताबारे व्यवस्थित प्रशिक्षण दिनु पहिलो प्राथमिकता हुनुपर्ने स्पष्ट पारे ।

सभापति थापाले भने, ‘अहिले धेरै नयाँ सदस्यहरू पार्टीमा जोडिनुभएको छ। उहाँहरूका लागि प्रतिष्ठानले विशेष योजना बनाउनुपर्छ। अहिले सबै कुरा भर्चुअल रूपमा गर्न सकिन्छ। मेरो चाहना कांग्रेसको क्रियाशील सदस्यता लिएकाहरूलाई कांग्रेसकै आईडीमार्फत भर्चुअल मिटिङमा जोड्ने हो। पहिले जस्तो प्रशिक्षणका लागि भौतिक रूपमै उपस्थित हुनुपर्छ भन्ने बाध्यता अब छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरेका छन् ।  साना बचतकर्ता र ठुला बचतकर्तालाई

काठमाडौँ, ११ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । आज

काठमाडौँ, ११ साउन । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुनर्स्थापना गर्ने बताएका छन् । तत्कालीन

काठमाडौँ, ११ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको निधन भएपछि भएको तोडफोड र स्वास्थ्यकर्मीमाथिको साङ्घातिक आक्रमणप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता