चीनको एक कारखानामा विस्फोट हुँदा कम्तीमा २१ जनाको मृत्यु

एजेन्सी, २२ बैशाख । चीनको मध्य हुनान प्रान्तस्थित एउटा पटाका कारखानामा भएको भीषण विस्फोटमा परी कम्तीमा २१ जनाले ज्यान गुमाएका छन् । ६१ जना घाइते छन् ।

सोमबार स्थानीय समयानुसार दिउँसो ४ः४० बजे चाङ्शा सहरमा विस्फोट भएको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चाङ्शा पटाका उत्पादनको प्रमुख केन्द्रका रूपमा चिनिन्छ ।

घटनास्थलमा करिब ५०० उद्धारकर्मी परिचालन गरिएको थियो । आसपासका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

थप दुर्घटना हुन नदिन उद्धारकर्मीले पानी छर्कने तथा उक्त क्षेत्रलाई ओसिलो बनाउने विधि अपनाएका थिए । खोज तथा उद्धार कार्यमा सघाउन तीन रोबोट समेत परिचालन गरिएको थियो ।

चिनियाँ राष्ट्रपति सी चिनफिले घटनाको गहन अनुसन्धान गर्न आदेश दिएका छन् । उनले प्रमुख औद्योगिक क्षेत्रमा जोखिम परीक्षण र सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका सिन्ह्वाले जनाएको छ ।

अधिकारीहरूले विस्फोटको कारणबारे अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय