नेप्से परिसूचक ३९.२७ अंकले घट्यो

काठमाडौँ, २१ बैशाख । अज सेयर बजार नेप्से परिसूचक ३९.२७ अंक (१.४३ प्रतिशत) ले घटेर २६९९.४४ विन्दुमा ओर्लिएको छ ।

बजारमा गिरावटसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ८२ करोड कारोबार भएको बजारमा बज यो रकम ४ अर्ब ५ करोड रुपैयाँमा सिमित भएको हो । आज ९५ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।

कुल २६९ कम्पनीमध्ये जम्मा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने २५२ कम्पनीको मूल्यमा गिरावट आएको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फास्ट्रक्चर कम्पनी सबैभन्दा शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ३१ करोड २४ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर, आँखुखोला जलविद्युत र एनआईसी एशिया बैंक पनि बढी कारोबार हुने कम्पनीमा अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक आज ९.२४ अङ्क घटेर २७७७.१० विन्दुमा पुगेको हो

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।