‘परालको आगो’ को कमाई ३ करोड १२ लाख

काठमाडौँ, २१ बैशाख । लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ ले घरेलु बक्स अफिस ३ करोड १२ लाख बढी व्यवसाय गर्न सफल भएको छ ।

चलचित्र विकास बोर्डले शनिबार रातिसम्मको सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ३ करोड १२ लाख १७ हजार ९२ ग्रस कलेक्सन रहेको छ । 

यो अवधिमा फिल्मको टिकट १ लाख १० हजार ४४२ बिक्री भएको छ । प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी अभिनीत फिल्म गुरुप्रसाद मैनालीको चर्चित सोही नामको कथामा आधारित छ ।

फिल्मको लगानी ३ करोड रुपैयाँ बताइएको छ । लगानी उठाउन फिल्मले ७ करोड हाराहारीमा कमाउनुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।