समयमै आयोजना सम्पन्न हुनु प्रदेश सरकारको महत्त्वपूर्ण उपलब्धि : मुख्यमन्त्री आचार्य

काठमाडौँ, २१ बैशाख । लुम्बिनी प्रदेश सरकारले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ ।

आज मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको शुभारम्भ गर्दै समयमै आयोजना सम्पन्न हुनु प्रदेश सरकारको महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

मुख्यमन्त्री आचार्यले सङ्घीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने उद्देश्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको उल्लेख गर्दै यसलाई प्रदेशवासीका लागि गौरवको विषय भएको बताए ।

भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश सरकारकै लगानीमा निर्माण गरिएको भवनमा सबै मन्त्रालय सारिएको जानकारी दिँदै यसलाई अन्य प्रदेशका लागि सिकाइयोग्य उदाहरण भएको बताए । राप्ती गाउँपालिका–३ स्थित मण्डला आकारको प्रशासनिक केन्द्रमा मन्त्रालय, निर्देशनालय तथा अन्य विभागहरूले अब एकै परिसरबाट सेवा प्रवाह सुरु गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज

काठमाडौँ, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । मङ्गलवारबाट अर्थ मन्त्रालयले

काठमाडौँ, १३ साउन । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक