आलिया भट्ट अब ‘तुम्बाड २’ मा

काठमाडौँ, २१ बैशाख । बलिउड अभिनेत्री आलिया भट्ट अब कल्ट क्लासिक फिल्म ‘तुम्बाड’ को सिक्वेलमा देखिने भएकी छन् ।

‘तुम्बाड २’ मा आलियाले एउटा विशेष भूमिका निभाउन लागेकी हुन्, जसलाई फिल्मको कथाको टर्निङ पोइन्ट मानिएको छ ।

आलियाले मुम्बईको मड आइल्याण्डमा यस फिल्मका लागि दुई दिनको सुटिङ समेत पूरा गरिसकेकी छिन् । उनको भूमिका छोटो अर्थात् क्यामियो भनिए पनि फिल्मको रहस्यमयी कथालाई अगाडि बढाउन यो पात्र निकै महत्त्वपूर्ण रहने निर्माण पक्षको दाबी छ ।

कम स्क्रिन टाइममा पनि दर्शकमा गहिरो छाप छोड्न सक्ने क्षमताका कारण आलियालाई यो भूमिकाका लागि छनोट गरिएको हो।

रणवीर कपुर र विक्की कौशलको मुख्य भूमिका रहेको यस फिल्ममा आलियाको सशक्त अवतार रहनेछ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।