विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट

एजेन्सी, २१ बैशाख । स्ट्रेट अफ हर्मुजमा रोकिएका पानीजहाजहरूलाई सुरक्षित निकास दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएको छ । 

ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत ती क्षेत्रमा थुनिएका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिकाले सहयोग गर्ने बताएपछि सोमबार तेलको मूल्य ओरालो लागेको हो ।

बजारमा ब्रेन्ट क्रुडको मूल्य ६४ सेन्टले घटेर प्रतिब्यारेल १०७.५३ डलर कायम भएको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) ८४ सेन्टले घटेर १०१.१० डलरमा झरेको छ। ट्रम्पले इरान, मध्यपूर्व र अमेरिकाको हितका लागि भन्दै प्रतिबन्धित जलमार्गबाट जहाजहरूलाई सुरक्षित रूपमा बाटो देखाउने र व्यापारिक गतिविधि सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

ट्रम्पको यो कदमले बजारमा केही राहत दिए पनि अमेरिका र इरानबिच शान्ति सम्झौता हुन नसक्दा तेलको मूल्य अझै पनि १०० डलर माथि नै रहेको छ। स्ट्रेट अफ हर्मुजमा व्यापारिक आवागमन अझै पनि सीमित छ र दुवै देशबीच भइरहेका वार्ताहरू निष्कर्षमा पुग्न सकेका छैनन्। 

विश्लेषकहरूका अनुसार दुवै पक्ष आ-आफ्नो अडानबाट पछि हट्न तयार नभएका कारण शान्ति वार्ताहरू सुस्ताएका छन्। ट्रम्पले तेहरानसँगको आणविक सम्झौतालाई प्राथमिकतामा राखेका छन् भने इरानले युद्ध अन्त्य नभएसम्म र खाडी क्षेत्रको ढुवानीमा लगाइएको नाकाबन्दी नहटेसम्म आणविक मुद्दामा छलफल नगर्ने अडान राख्दै आएको छ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय