‘धुरन्धर–२’ दोस्रो सर्वाधिक कमाउने भारतीय फिल्म

काठमाडौँ, २० बैशाख । बलिउड अभिनेता रणबीर सिंहको फिल्म धुरन्धर–२ विश्वभर सर्वाभिक कमाउने दोस्रो भारतीय फिल्म बनेको छ ।

 विश्वभर फिल्मको कमाई १ हजार ७८८ करोड ३२ लाख भारु पुगेको छ । धुरन्धर–२ ले बाहुबली–२ लाई उछिनेको छ । बाहुबली–२ को वल्र्डवाइड कलेक्शन १ हजार ७८८ करोड ६ लाख भारु थियो । कमाईको मामिलामा धुरन्धरभन्दा अगाडि दंगल छ । यो फिल्मको वल्र्डवाइड कलेक्शन २ हजार ७० करोड छ ।

ट्रेड वेबसाइट स्याकनिल्कको अनुसार रिलिजको ४५औं दिनमा फिल्मले भारतमा २ करोड ७७ लाख नेट कलेक्सन गरेको छ । फिल्मको भारतमा नेट कलेक्सन अब १ हजार १३८ करोड ५४ लाख भारु पुगेको छ । 

भारतमा यसको ग्रस कलेक्सन १ हजार ३६२ करोड ५७ लाख भारु पुगेको छ । नेट कलेक्शन भनेको कुल टिकट बिक्री हो, जबकि ग्रस कलेक्शन भनेको कर पछिको आम्दानी हो । विदेशमा फिल्मको कलेक्शन अहिले ४२५ करोड ७५ लाख भारु पुगेको छ । फिल्मको वल्र्डवाइड ग्रस कलेक्शन १ हजार ७८८ करोड ३२ लाख भारु पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।