भारत पश्चिम बंगालका २८५ केन्द्रमा पुन: मतदान गराउने निर्णय

एजेन्सी, २० बैशाख । भारतको पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको फाल्टा विधानसभा सीटका सबै २८५ मतदान केन्द्रमा फेरि भोटिङ हुने भएको छ । निर्वाचन आयोगले २१ मेमा फेरि भोटिङ गराउने निर्णय गरेको हो ।

न्यूज एजेन्सी पीटीआईका अनुसार २९ अप्रिलमा भएको मतदानमा ‘गम्भीर गडबडी’ भएको र लोकतान्त्रिक प्रक्रियालाई बिगार्ने घटना भएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले फेरि मतदानको आदेश दिएको हो ।

आयोगले यो निर्णय मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी र निर्वाचन पर्यवेक्षक लगायतको रिपोर्ट हेरेर पुन: निर्वाचन गर्नुपर्ने निर्णयमा पुगेको हो ।

पर्यवेक्षकहरुको रिपोर्टमा ‘मतदाताहरुलाई डर धम्की दिइएको र बुथहरुमा गैरकानुनी उपस्थिति जस्ता घटना देखिएको उल्लेख छ । त्यसैले आयोगले फल्टा विधानसभा सिटका सबै मतदान केन्द्रमा २१ मईको दिन बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म पुन: मतदान गर्न निर्देशन दिएको बीबीसी हिन्दीले जनाएको छ ।

पुन: गडबडी हुन नदिन पर्याप्त सुरक्षा प्रबन्ध मिलाउन, चुनाव प्रक्रियाभर भिडियो रेकर्डिङ गर्न र आफैंले पनि निगरानी गर्न आयोगले भनेको छ । निर्वाचनपछि मतगणना २४ मेदेखि सुरु गर्ने तयारी छ ।

२३ अप्रिल र २९ अप्रिलमा भएका विधानसभा निर्वाचनको नतिजा भने ४ मेको दिन सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्