एमाले महासचिवद्वारा बालेनलाई विस्थापित सुकुमवासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका माग

काठमाडौँ, १९ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग विस्थापित सुकुमवासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका माग गरेका छन् ।

प्रधानमन्त्री वालेनले ‘वास्तविक क्रान्ति ज्ञ (ज्ञान) बाट सुरु हुन्छ’ भनेपछि उनले आज फेसबुकमार्फत् विस्थापित सुकुमवासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका माग गरेका हुन् ।

‘विस्थापित सुकुमवासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू,’ महासचिव पोख्रेलले भनेका छन्, ‘वास्तविक क्रान्ति ज्ञ (ज्ञान) बाट सुरु हुन्छ’ भन्ने प्रधानमन्त्रीले आजको यो संकटमा कस्तो क्रान्तिकारी कदम चाल्दै हुनुहुन्छ ?,’ ‘प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुमवासी नागरिकलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्ने हैन र ? मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ सरकार गम्भीर बनोस् ।’

प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुमवासी नागरिकलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्ने भन्दै उनले मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असार । स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय

काठमाडौँ, १६ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र

काठमाडौँ, १६ असार । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८४ क’ जारी गरेको छ । बैंकको

स्याङ्जा, १६ असार । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप रु पाँच हजार उपलब्ध गराएको छ । पछिल्लो