एजेन्सी, १९ बैशाख । अमेरिकी रक्षा विभागले जर्मनीबाट ५ हजार सैनिक हटाउने निर्णय गरेको छ ।
यो निर्णय यस्तो समयमा भएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मर्जबीच इरान युद्धलाई लिएर विवाद बाहिरिएको थियो ।
जर्मन चान्सलरले इरानी वार्ताकारले अमेरिकाको बेइज्जती गरेको बताएका थिए । त्यसपछि बिहीबार सामाजिक सञ्जालमा ट्रम्पले लेखेका थिए, ‘मर्ज निकै खराब काम गरिरहेका छन् र उनीसँग अनेक किसिमका समस्या छन्, जसमा आप्रवासन र ऊर्जा पनि रहेका छन् ।’
ट्रम्पले इटली र स्पेनबाट पनि अमेरिकी सैनिक हटाउने सुझाव दिएका छन् । जर्मनीमा अमेरिकी सेना ठूलो संख्यामा उपस्थित छ। गत डिसेम्बरसम्म त्यहाँ ३६ हजारभन्दा बढी सक्रिय सैनिक परिचालित थिए ।







