आस्था माथिको आक्रमण खतरनाक हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौँ, १९ बैशाख । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक हुने बताएका छन् ।

सुकुमबासी बस्ती तथा अतिक्रमित घरटहरा हटाएको विषयमा प्रतिक्रिया दिँदै उनले सरकारको तयारी नपुगेको उल्लेख गरेका छन् । इतिहास, धर्म, परम्पराको संरक्षण गर्दै गरिने निरन्तरता सहितको विकास नै दिगो र स्थिर पनि बन्छ यसतर्फ सरकारको ध्यान दिन सरकारसंग आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सार्वजनिक स्थल खाली गर्ने नाममा अति हतारमा मन्दिर, स्कूल र बुद्ध जयन्तीकै दिन बौद्ध गुम्बा भत्काइनु कतैबाट उचित होइन । मन्दिर, स्कूल, गुम्बा जस्ता सार्वजनिक सँस्थाहरु सार्वजनिक स्थलमै हुन्छन् भन्ने सबैको जानकारीको विषय हो ।
•कसैले आफ्नो छानो गुमेको दृश्य हेर्न नसकेर जीवननै गुमाए ।
विकास जीवनका लागि हुनुपर्छ…. जीवन विकासका लागि होइन ।
मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक हुन्छ । इतिहास, धर्म, परम्पराको संरक्षण गर्दै गरिने निरन्तरता सहितको विकास नै दिगो र स्थिर पनि बन्छ यसतर्फ सरकारको ध्यान पुगोस् ।
गृहकार्य पुगेन #BalenSaha

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ बैशाख । सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी र दुहबीमा सवारी

काठमाडौँ, १९ बैशाख । झापामा जवरजस्ती करणी आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिकामा

काठमाडौँ, १९ बैशाख । पछिल्लो २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट

काठमाडौँ, १९ बैशाख । बाढी र पहिरोले कोशी, बागमती र गण्डकी प्रदेशका केही खण्डहरूमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध