म अहिले पनि एमाले हुँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता ‘होल्ड’मा रहेको बताएकी छिन् ।

आज नुवाकोटमा आयोजित एक कार्यक्रममा उनले आफूले नेकपा (एमाले)को पार्टी सदस्यता नवीकरण गराए पनि होल्डमा रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘एमाले देशभक्त र राष्ट्रवादीहरूको सङ्गठन हो, प्रगतिशीलहरूको, सामाजिक न्यायका पक्षधरहरूको सङ्गठन हो । म अनेक हिसाबले जोडिएको छु, तपाईँहरूले माने पनि नमाने पनि मैले एमालेको मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अहिले होल्डमा छ ।’

जबजको एउटा दर्शन, सिद्धान्त र नीति कार्यक्रम रहेको भन्दै उनले त्यसको जस स्व. नेता मदन भण्डारीलार्ई जाने बताइन् । एमालेको नाम, जबजको सिद्धान्तमा मदन भण्डारीसँगै आफू पनि जोडिएको उनले उल्लेख गरिन् ।

राजनीतिक विषयमा विभिन्न विषयमा छलफल आवश्यक रहेको उनले  बताइन् । उनी एमालेकी पूर्वउपाध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा