एजेन्सी, ९ पौष । भारतको मध्यप्रदेश ऐतिहासिक ग्वालियर शहरमा रहेका सरकारी कार्यलयमा धूमपान गर्ने व्यक्तिलाई दुई सय रुपैयाँ जरिवाना लागु गरेको छ ।
गत सोमबार बसेको अन्तरविभागीय समन्वय समितिको बैठकले सरकारी कार्यलयमा स्वच्छता अभियान अन्तरगर्त धूमपान निषेध गरिएको जनाएको छ ।
सरकारी कार्यालय हाता भित्र कसैले धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गरेको पाइए २०० रुपैयाँ जरिवाना तिर्नुपर्ने र जरिवानाका लागि रसिदको समेत व्यवस्था गरिएको छ ।
स्थानीय सरकारले व्यापार मेलामा पनि धूमपान पूर्ण रुपमा निषेध गरिएको बताएको छ ।






