काठमाडौँ, १८ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार १ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १३५ रुपैयाँले बढेर ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






