अमेरिकाले लज्जास्पद हार बेहोरेको इरानका सर्वोच्च नेताको भनाइ

एजेन्सी, १८ बैशाख । इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले एक लिखित सन्देशमा इस्लामिक गणतन्त्रसँगको युद्धमा अमेरिका पराजित भएको दाबी गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लामो नाकाबन्दीको इरानी नेतृत्वले उल्लङ्घन गर्न सफल हुनुलाई इरानको जीतका रूपमा सर्वोच्च नेता खामेनीले बताएका छन् ।

खामेनीले भनेका छन्, “यस क्षेत्रमा सबैभन्दा ठुलो सैन्य तैनाथी र आक्रमण र संयुक्त राज्य अमेरिकाको लज्जास्पद हारको दुई महिनापछि पर्सियन खाडी र स्ट्रेट अफ हर्मुजका लागि नयाँ अध्याय खुलेको छ ।”

इरानको नयाँ सर्वोच्च नेताका रूपमा मार्च ९ मा नियुक्त भएयता अहिलेसम्म सार्वजनिक रूपमा देखा नपरेका खामेनीको सन्देश इरानमा ‘पर्सियन खाडी’ दिवसको वार्षिक राष्ट्रिय उत्सवको अवसरमा आएको हो । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि तत्कालिन सर्वोच्च नेता तथा खामेनीका पिताको मृत्यु भएपछि मोजतबा खामेनी सर्वोच्च नेता बनेका थिए ।

गत हप्ता न्यूयोर्क टाइम्सले नाम नखुलाइएका कैयौँ इरानी अधिकारीलाई उद्धृत गर्दै आक्रमणमा खामेनी गम्भीर घाइते भएको तर उनी मानसिक रूपमा तेज रहेको बताएको थियो । आफ्नो बिहीबारको सन्देशमा उनले भने, ‘अमेरिकाले यस क्षेत्रमा आफ्ना सहयोगीहरूलाई सुरक्षित गर्ने कुनै आशा प्रदान गर्ने कुरा त परै जाओस् अमेरिकी अड्डाहरूमा आफ्नो सुरक्षा सुनिश्चित गर्ने क्षमताको पनि अभाव छ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । विराटनगर महानगरपालिका–१६ ब्रह्माटोलमा एक पुरुष कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । स्थानीय ४० वर्षीय बब्लु श्रेष्ठ

काठमाडौँ, १६ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–३ बस्ने

काठमाडौँ, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक