त्रिविका उपकुलपतिसहित तीन जनाद्वारा राजीनामा

काठमाडौँ, १७ बैशाख । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् । 

त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहसमक्ष  उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजालले राजीनामा पठाए हुन् । 

सरकारले विश्वविद्यालयका पदाधिकारीलगायत राजनीतिक नियुक्ति पाएका अधिकारीहरूलाई हटाउने गरी अध्यादेश सिफारिस गरेको सन्दर्भमा पदमा बसिरहन उचित नलागेकाले राजीनामा पठाएको उनीहरुको भनाइ छ । 

राजीनामा दिनेहरु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको पालामा नियुक्त भएका थिए । उपकुलपति अर्याल ओलीको पालामा र केसी र रिजाल प्रचण्डको पालनामा नियुक्त भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेटवार्ता

काठमाडौँ, १७ बैशाख । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् ।  त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत

काठमाडौँ, १७ बैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर