काठमाडौँ, १७ बैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर भएको रिटमाथिको सुनुवाइ स्थगित गरिएको छ ।
लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर भएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइको पेशी तय भएको थियो ।
सुनुवाइका लागि न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलास तोकिएको थियो । ‘विपक्षी (रवि) का तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको छ । ।
गत चैत १५ गते सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान संलग्न संयुक्त पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो । उक्त प्रकरणमा संवैधानिक जटिलताको प्रश्नलगायत आठबुँदामा व्याख्या गर्नुपर्ने टिप्पणीसहित रिटलाई पूर्ण इजलासमा पठाइएको थियो ।







