राष्ट्र बैंकले तान्यो एकैदिन एक खर्ब २० अर्ब

काठमाडौँ, १७ बैशाख । बैंकिङ प्रणालीमा लगानीयोग्य अधिक पुँजी (तरलता) थुप्रिँदा नेपाल राष्ट्र बैंकले दैनिक बैंक तथा वित्तीय संस्थाबाट प्रशोचन गरेको छ ।  

राष्ट्र बैंकले आज मात्र एक खर्ब २० अर्ब रुपैयाँ प्रणालीबाट तानेको छ । राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका क्रममा प्रणालीबाट ९७ दिने निक्षेप संकलन उपकरणमार्फत प्रशोचन गरेको हो । यसको अघिल्लो दिन अर्थात बुधबार (वैशाख १६) पनि प्रणालीबाट ४० अर्ब निक्षेप संकलन गरिएको थियो । अधिक तरलता कायमै रहेपछि फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिचिएको केन्द्रीय बैंकले जनाएको छ ।

पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार बिहीबार दिउँसो ३ बजे नै सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आउँदो साउन २० गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोल गर्न सकिने रकम कम्तीमा १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुने जारी सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने बताएका

काठमाडौँ, १४ बैशाख । नेपाल रेडले अभ्यास खेलमा नेपाल ब्लुविरुद्ध चार रनको रोमाञ्चक जित निकालेको छ । आज मूलपानी क्रिकेट

काठमाडौँ, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५

काठमाडौँ, १२ बैशाख । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आज आजदेखि सुरु हुँदैछ । घरेलु टोली नेपालले