इरानलाई आणविक सम्झौता स्वीकार गर्न ट्रम्पको चेतावनी

एजेन्सी, १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन (स्मार्ट हुन) र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग पूरा गर्न चेतावनी दिएका छन् ।

अमेरिकी नौसैनिक नाकाबन्दीले इरानको अर्थतन्त्रलाई निकै कसिलो बनाउन थालेपछि ट्रम्पको यो चेतावनी आएको हो । 

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, ट्रम्पले इरानको शान्ति प्रस्तावलाई खारेज गर्ने मनस्थिति बनाइसकेका छन् । इरानले आफ्नो पछिल्लो प्रस्तावमा होर्मुज जलमार्ग खोल्ने र इरानी बन्दरगाहहरूको नाकाबन्दी अन्त्य गर्ने प्रस्ताव राखेको थियो । यसका साथै आणविक कार्यक्रमबारे अर्को चरणको वार्तामा छलफल गर्ने प्रस्ताव पनि गरिएको थियो ।

अमेरिकी अखबार ‘वाल स्ट्रिट जर्नल’का अनुसार, ट्रम्प इरानले आफ्नो आणविक कार्यक्रम त्याग्न बाध्य नभएसम्म नाकाबन्दी जारी राख्न चाहन्छन् । ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ’मा लेखेका छन्, “इरानले आफ्ना सबै कामहरू एकैसाथ गर्न सक्दैन ऊ चाँडै स्मार्ट हुनसके  राम्रो हुनेछ ।”

इरान युद्ध सुरु भएदेखि नै इरानले तेल र ग्यास आपूर्तिका लागि महत्त्वपूर्ण मानिने ‘होर्मुज जलमार्ग’ बन्द गरिदिएको छ । यसका कारण विश्वभरको अर्थतन्त्रले ठूलो दबाब झेलिरहेको छ । बुधबार प्राप्त समाचार अनुसार, इरानको मुद्रा (रियाल) इतिहासकै न्यून स्तरमा पुगेको छ ।

तेहरानका एक बासिन्दाले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै भने, “हालका वर्षहरूमा जहिले पनि वार्ता भएको छ, आम मानिसका लागि आर्थिक स्थिति झन् खराब भएको छ । प्रतिबन्धहरू या त सुरु भएका छन् वा अझ बढी कडा पारिएका छन् । उनीहरू वार्ता गर्न जान्छन् र उताबाट थप प्रतिबन्धहरू लिएर फर्किन्छन् ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ

काठमाडौँ, १७ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रप्रति राज्य र समाजले हेर्ने दृष्टिकोण अझै पूर्ण रूपमा

काठमाडौँ, १७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको अध्यादेश बारे संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् । सरकारले

काठमाडौँ, १७ बैशाख । संसदीय प्रक्रिया छलेर कानुन संशोधन गर्न सरकारले एकपछि अर्को अध्यादेश मार्फत ४० वटा भन्दा बढी कानून