४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौँ, १६ बैशाख । नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ ।

अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।
अहिले कुल निक्षेप ७८ खर्ब भन्दा बढी पुगेको छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । 

दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८३ असार ३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पूर्वमन्त्री समेत

काठमाडौँ, १६ बैशाख । सरकारले पुनः यातायात भाडा बढाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका तथा मालवाहक

काठमाडौँ, १६ बैशाख । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३ हजार रुपैयाँले