महावीर पुनद्वारा सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ, १६ बैशाख । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । पुनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रीमतीको नाममा करिब तीन तोला सुन रहेको उल्लेख गरेका छन् । त्यो सुन इष्टमित्रले श्रीमतीलाई उपहार दिएको पुनले जनाएका छन् । 

साथै, उनले नेपाल बैंक लिमिटेडमा चार लाख रुपैयाँ नगद रहेको, राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रहेको खुलाएका छन् । उक्त रकम चुनावी चन्दा भनेका छन् । कास्कीमा विभिन्न कित्तामा करिब २७ रोपनी, १५ आना चार पैसा रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पूर्वमन्त्री समेत

काठमाडौँ, १६ बैशाख । सरकारले पुनः यातायात भाडा बढाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका तथा मालवाहक

काठमाडौँ, १६ बैशाख । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३ हजार रुपैयाँले