गोकुलगंगा गाउँपालिकाले आइतबार पनि नियमित सेवा सञ्चालन गर्ने

रामेछाप, १६ बैशाख । गोकुलगंगा गाउँपालिकाले आइतबारसमेत सबै सरकारी कार्यालय, विद्यालय र स्वास्थ्य संस्था नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । 

गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले उक्त निर्णय गर्दै यही वैशाख १६ गते बुधबारदेखि यो नियम लागू हुने जनाएको हो । गाउँपालिकाअन्तर्गतका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरू आइतबार पनि अन्य कार्यदिनसरह सञ्चालन हुनेछन् ।

स्वास्थ्य सेवा संवेदनशील हुने भएकाले आइतबार बिदा हुँदा दुर्गम क्षेत्रका बिरामी उपचारबाट वञ्चित हुने र आकस्मिक सेवा प्रभावित हुने समस्या समाधान गर्न यो कदम चालिएको गाउँपालिकाले जनाएको छ ।

निर्णयका प्रमुख कारणमध्ये शैक्षिक क्षति न्यूनीकरणलाई प्राथमिकता दिइएको छ। हप्तामा दुई दिन बिदा हुँदा विद्यार्थीले तोकिएको वार्षिक पाठ्यघण्टा पूरा गर्न नसक्ने र शैक्षिक गुणस्तरमा असर पर्ने देखिएपछि गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै

काठमाडौँ, १६ बैशाख । फरार कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका तिलोत्तमा नगरपालिका–१५,

काठमाडौँ, १६ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १६ बैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो