काठमाडौँ, १५ बैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले तत्काल संसद्को अधिवेशन बोलाउन माग गरेको छ ।
मङ्गलबार केन्द्रीय कार्यालय पेरिसडाडामा सम्पन्न केन्द्रीय संयोजन समिति बैठकले संसद् अधिवेशन अन्त्य गरी सरकारले अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस गरेकोमा असन्तुष्टि जनाएको छ । बैठकले सङ्घीय निजामती, विद्यालय शिक्षा लगायतका कानुन निर्माणमा सरोकारवाला पक्षका आवाज सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
‘आफैँले आह्वान गरेको संसद् अधिवेशन आकस्मिक रूपमा स्थगित गरेर अध्यादेश अगाडि बढाउनु संसद्लाई छल्ने सरकारको गैर–लोकतान्त्रिक कार्यको विरोध गर्दै यो बैठक तत्काल संसद्को बैठक आह्वान गर्न माग गर्दछ’, नेकपाले भनेको छ ।






