इरानका लागि ग्वादर र कराची बन्दरगाह खोल्ने पाकिस्तानको निर्णय

एजेन्सी, १५ बैशाख । पाकिस्तानले इरानका लागि आफ्ना ग्वादर र कराची बन्दरगाह खुला गर्ने घोषणा गरेको छ ।

पाकिस्तानको वाणिज्य मन्त्रालयले जारी गरेको ‘ट्रान्जिट अफ गुड्स थ्रु पाकिस्तान’ (पाकिस्तानमार्फत सामान आवागमन) आदेश २०२६ अन्तर्गत इरानी उत्पादनको व्यापारका लागि छ वटा करिडोर खोलिएका छन् ।

यी व्यापारिक करिडोर प्रयोग गर्दै इरानले पाकिस्तानमार्फत तेस्रो देशसँग आयात–निर्यात गर्न सक्नेछ । पाकिस्तान सरकारले यस्तो घोषणा त्यतिबेला गरेको हो, जब फेब्रुअरी २८ देखि सुरु भएको युद्ध र स्ट्रेट अफ  होर्मुज इरानी बन्दरगाहमाथि अमेरिकी नाकाबन्दीका कारण इरानको आयात–निर्यात प्रभावित भएको छ ।

सामान्यतया भूपरिवेष्ठित (चारैतिर जमिनले घेरिएका) देशहरूले तेस्रो देशमार्फत अन्तर्राष्ट्रिय व्यापार गर्छन् । अफगानिस्तानले दशकौँदेखि पाकिस्तानका बन्दरगाह प्रयोग गर्दै व्यापार गर्दै आएको छ । तर इरानसँग आफ्नै बन्दरगाह भए पनि हालको अवस्थाले उसलाई व्यवहारत: भूपरिवेष्ठित जस्तै बनाएको छ ।

यस समयमा पाकिस्तान इरान र अमेरिकाबीच मध्यस्थकर्ताको भूमिकामा देखिएको छ । विश्लेषकहरूका अनुसार यो निर्णय इरानप्रति विश्वास निर्माण गर्ने महत्वपूर्ण कदम हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले संसदीय सर्वोच्चता लत्याएको टिप्पणी गरेका छन् । संसद् अधिवेशन स्थगित गर्दै

काठमाडौँ, १५ बैशाख । नेपाली कम्युनिस्ट पार्टीले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको

काठमाडौँ, १५ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभा हल तथा

काठमाडौँ, १५ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय