एनटीसी प्रिपेडका २८ दिने सबै प्याकेज अब ३० दिन

काठमाडौँ, १५ बैशाख । नेपाल टेलिकम (एनटीसी)ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ ।

टेलिकमले आफ्नो ‘कम्बो–२९९ प्याक’को समयावधि गत चैत २४ गतेदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिसकेको छ । यो अवधिका सबै प्याकेज यही वैशाख ११ गतेबाट केही मूल्य समायोजनसहित ३० दिन अवधिको बनाइएको टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए । 

यस व्यवस्थाबाट एनटीसीका ग्राहकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ । यो अवस्था लागु भएसँगै अब महिनामा एकपटक रिचार्ज गर्दा पुग्नेछ, जसले प्रयोगलाई सहज बनाउनेछ । 

साथै, उही मूल्यमा दुई दिन बढी सेवा पाउने भएकाले ग्राहकले डेटा, भ्वाइस तथा एसएमएस प्रयोगमा अतिरिक्त सुविधा प्राप्त गर्नेछन् । यसले खर्च व्यवस्थापनलाई पनि सहज बनाउने र उपभोक्ता सन्तुष्टि बढाउने विश्वास गरिएको छ । एनटीसीको यस्तो सेवालाई उपभोक्तामैत्री सुधारका रूपमा लिइएको छ । यसले टेलिकम क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरणलाई समेत थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । विराज भट्ट र सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘राम नाम सत्य’ले देशब्यापी ३ करोड ३१ लाख

काठमाडौँ, १४ बैशाख । अभिनेता दीपकराज गिरी र दीपाको  आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन आजदेखि सुरु भएको छ

काठमाडौँ, १३ बैशाख । गायिका रचना रिमाल आज बिहान उनी झापा उड्न तयार थिइन् । तर, मौसम खराबीका कारण उनी गन्तव्यमा

काठमाडौँ, १२ बैशाख । रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म