सुडानमा विमान दुर्घटना हुँदा चालकसहित १४ जनाको मृत्यु

एजेन्सी, १५ बैशाख । दक्षिण सुडानको राजधानी जुबा नजिकै विमान दुर्घटना हुँदा चालकसहित १४ जनाको ज्यान गएको छ । 

ज्यान गुमाउनेमा १२ जना दक्षिण सुडानी र दुई जना केन्याली नागरिक रहेको  दक्षिण सुडानी नागरिक उड्डयन प्राधिकरणले निकालेको विज्ञप्तिमा उल्लेख छ । विमान सुडानको राजधानी जुबा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको र झण्डै २० किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । 

खराब मौसमका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान छ । अस्थिरता, द्वन्द्व र गरिबीसँग जुधिरहेको दक्षिण सुडानमा भरपर्दो यातायात पूर्वाधारको पनि अभाव छ । त्यहाँ क्षमताभन्दा बढी तौल र खराब मौसमका कारण बारम्बार विमान दुर्घटना हुने गरेका छन् । 

सन् २०२५ को जनवरीमा उत्तरी दक्षिण सुडानमा भएको विमान दुर्घटनामा २० जनाको ज्यान गएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले संसदीय सर्वोच्चता लत्याएको टिप्पणी गरेका छन् । संसद् अधिवेशन स्थगित गर्दै

काठमाडौँ, १५ बैशाख । नेपाली कम्युनिस्ट पार्टीले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको

काठमाडौँ, १५ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभा हल तथा

काठमाडौँ, १५ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय