बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थलमा सुरक्षा कडाइ

एजेन्सी, १५ बैशाख । बङ्गलादेशले एक सन्दिग्ध आतङ्ककारी र दुई पूर्व सैनिकको सम्भावित आक्रमणको चेतावनीपछि विमानस्थलको सुरक्षा कडा पारेको अधिकारीहरूले सोमबार बताएका छन्।

बङ्गलादेशको नागरिक उड्डयन प्राधिकरण (सिएएबी) ले प्रहरी मुख्यालयको सतर्कतापछि देशका आठ विमानस्थलहरूमा तीन अन्तर्राष्ट्रिय टर्मिनलसहित थप उपायहरू लागू गरिएको बताएको छ ।

सीएएबीका अध्यक्ष मुस्तफा महमुद सिद्दिकले ढाकामा पत्रकारहरूसँग भने, “हामीले प्रहरी मुख्यालयबाट सुरक्षा बलियो बनाउन आग्रह भएपछि सोही मुताविक काम गरेका छौँ।”

उनले भने, “विमानस्थललाई मुख्य नाकाका रूपमा तोकिएको छ र सामान्यतया यहाँको सुरक्षा कडा राखिन्छ, तर पत्र पाएपछि यसलाई थप बढाइएको छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । विराज भट्ट र सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘राम नाम सत्य’ले देशब्यापी ३ करोड ३१ लाख

काठमाडौँ, १४ बैशाख । अभिनेता दीपकराज गिरी र दीपाको  आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन आजदेखि सुरु भएको छ

काठमाडौँ, १३ बैशाख । गायिका रचना रिमाल आज बिहान उनी झापा उड्न तयार थिइन् । तर, मौसम खराबीका कारण उनी गन्तव्यमा

काठमाडौँ, १२ बैशाख । रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म