राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शिलान्यास

काठमाडौँ, १४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदी रम्घामा भानु साहित्य उद्यानको शिलान्यास गरेका छन् ।

आज उद्यानको शिलान्यास गर्दै राष्ट्रपति पौडेलले स्रष्टा मुलुकको पुँजी र पहिचान भएकाले  स्रष्टाको  सम्मान  गरी भाषा, साहित्यको विकासमा सरकार तथा सम्बद्ध सबै पक्षले ध्यान केन्द्रित गर्न जरुरी रहेको धारणा व्यक्त गरे ।

भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई  मूर्त रूप दिने चिन्तन समेटिएको छ ।

उनले भने, ‘आज हामी भानुभक्तको जन्मस्थलमा उभिएका छौँ, भानुभक्तले यही भूमिमा हुर्के–बढेर काव्यकृतिहरू सिर्जना गरे, त्यसैले, हामीले भानुभक्तप्रति गर्ने सच्चा श्रद्धाञ्जली भनेको उनको जन्मभूमिलाई नेपाली भाषा, साहित्य र संस्कृतिको त्रिवेणीका रूपमा विकास गर्नु हो, यस्तो प्रयास निकैअघिदेखि प्रारम्भ हुँदै आएको पनि छ’, । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदी रम्घामा भानु साहित्य उद्यानको शिलान्यास गरेका छन्

काठमाडौँ, १४ बैशाख । सरकारले देशको आर्थिक अवस्थाबारेको स्वेतपत्र सार्वजनिक भएको छ । सरकारले ल्याएको शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा

काठमाडौँ, १४ बैशाख । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले संविधान संशोधन कार्यदल बनाएको छ । आज केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपाको केन्द्रीय

काठमाडौँ, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने बताएका